अधिकांश सार्वजनिक सवारी दूषित

समयमा मर्मत नगराउँदा दुर्घटनादेखि वायु प्रदूषणसम्म

0
Shares

पोखरामा शनिवारको मौसम धमिलो थियो । शनिवार राती मुसलधारे असिना पानी प¥यो । तर आइतबार पनि पोखराको मौसम खराब नै रह्यो । दुई पाङ्ग्रे सवारी चलाउँदा वा हिँड्दा धुवाँले आँखा पोलेझै आँखा पोल्छ । विगत केही महिनायता पोखराको मौसम यस्तै यस्तै छ । आइतबार पोखराको वायु अस्वस्थ रह्यो । जुन दीर्घरोगिका लागि खतरा मानिन्छ । पछिल्लो समय पोखराको वायु प्रदूषण सर्वाधिक सम्म पुगेको छ ।

शनिवार जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले पोखरा आउजाउ गर्ने सार्वजनिक सवारीको यान्त्रिक परीक्षण गर्यो । डिजेलबाट चल्ने सार्वजनिक यातायात परीणको क्रममा १ प्रतिशतमात्रै सवारी पास भए । अन्य सबै फेल । ट्राफिक सप्ताहको अवसरमा गरिएको सवारीको यान्त्रिक परीक्षणका दौरान सवारीमा व्यापक खराबी देखिएको हो ।

यातायात व्यवस्था कार्यालय पोखराका मेकानिकल इन्जिनियर नवीन पौडेलका अनुसार सवारीमा खराबी देखिँदा दुर्घटनाका सार्थ आम नागरिकको स्वास्थ्यमा समेत ठूलो असर परिरहेको छ । सवारी परीक्षण गरेका उनले आफूले चेकजाँच गर्दा एका दुईमा बाहेक सबैमा खराबी देखेको बताए । उनले गाडीको उपासिटि परीक्षण गरेको सुनाए । “धुवाँमा कति उपासिटि छ भन्ने कुराको परीक्षण हुन्छ । ३० प्रतिशत भन्दामाथि गयो भने त्यो फेल हुन्छ, त्यो भन्दा तल भयो भने पास हुन्छ ” उनले भने,“सवारीले धेरै कालो धुवाँ फाल्दा वायु प्रदुषणपनि व्यापक हुन्छ । सवारीको कन्डिसन पनि ठीक छैन र इन्जिनमा पनि खराबी भन्ने बुझ्नुपर्छ नियमित रुपमा जाँच गरे समस्या आउँदैन् ।”

अधिकतम ठूला गाडीमा तेल राम्रो नहाल्नु, समयमा सर्भिसिङ नगर्ने र एरफिल्टर समयमा परिवर्तन नगर्दा खराबी देखिएको उनको भनाइ रहेको छ ।
उनले पोखराको वायु प्रदूषण हुनुमा सवारीको अवस्था पनि एउटा कारण रहेको बताए । “वायु प्रदूषणको कारण सवारीको धुवाँ पनि हो । कालो धुवाँ फाल्दा नाइट्रस अक्साइड, कार्बनमोनो अक्साइड, हाइड्रोकार्वन जस्ता ग्याँस निस्कन्छन्” त्यसैमा थपे, “यो मानव स्वास्थ्यसँग जोडिएको विषय पनि हो । मानिसको श्वास प्रश्वास, फोक्सो, मुटुमा समस्या आउँछ । त्यो मात्रै होइन सवारी दुर्घटना समेत हुने सम्भावना प्रबल रहन्छ ।”

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता शिवप्रसाद पाठकले शनिवार २५ सवारीको यान्त्रिक परीक्षण गर्दा ३ वटामात्रै पास भएको सुनाए । उनले २२ सवारीसाधनमा खराबी देखिएको बताए । सडकमा सवारी चलिसकेपछि त्यसले पार्ने असर र दुर्घटना न्युनिकरणलाई यो जाँच आवश्यक रहेको पाठकले बताए । “यान्त्रिक परीक्षण गर्दा सबैजसो साधनमा समस्या देखियो । सवारी धनीले समयमा सवारी मर्मत गर्नुपर्ने स्थिति देखियो । यसका लागि हामी उहाँहरुसँग समन्वय गर्नेछौ” उनले भने,“सवारी खराबी भएमा दुर्घटना जोखिम बढ्ने देखिन्छ । जोखिम न्यूनीकरणका लागि सवारीको कन्डिसन राम्रो हुनुपर्दछ ।”
अमेरिकन कर्नर कार्यक्रम संयोजक अमर कुँवरले पोखराको वायु अस्वस्थ रहेको बताए । उनले शनिवार राती पानी परेकाले आइतबारको वायु केहिमात्रामा सुधार भएपनि अझै अस्वथस्थितिमै रहेको सुनाए ।

क्लिन इनर्जी नेपाल र त्रिभुवन विश्वविद्यालय सहकार्यमा पोखराको चार ठाउँमा टिएसआई नामक यन्त्र राखिएको छ । जसले हावामा धुलोको कणको मात्रा मापन गर्दछ । इन्डेक्सअनुसार ० देखि ५० सम्मलाई राम्रो, ५१ देखि १ सयसम्म मध्यम, १०१ देखी १५० सम्म संवेदनशील समूहलाई अस्वस्थ, १५१ देखी २ सय सम्म अस्वस्थ, २०१ देखी ३ सय सम्म धेरै अस्वस्थ र ३०१ देखी ५ सयसम्म खतरा मानिन्छ । पोखरामा दुई महिना अघि इन्डिेक्स ३५१ सम्म पुगेको थियो जुन अति खतरा हो ।