सुनचाँदी कला व्यवसायी संघको अध्यक्षमा रिजाल निर्वाचित

0
Shares

काठमाडौँ। 

नेपाल सुनचाँदी कला व्यवसायी संघको केन्द्रीय अध्यक्षमा घनश्याम रिजाल निर्वाचित भएका छन् । शनिवार सम्पन्न संघको २१ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनले च्छोरोल्पा गोल्ड एण्ड  सिल्भर ज्वेलर्स दोलखाका प्रोप्राइटर रिजाललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

साधारणभाले आगामी तीन वर्षका लागि १९ सदस्सीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।  संघको प्रथम उपाध्यक्षमा काठमाडौंका विष्णुभक्त बराइली र द्वितीय उपाध्यक्षमा धादिङका सानुबाबु बराइली निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता भोजान लाम्गादेले जानकारी दिए ।

त्यस्तै, महासचिवमा काठमाडौंका बाल कुमार विश्वकर्मा (सुमन), सचिवमा सुनसरीका प्रेम बहादुर विश्वकर्मा, कोषाध्यक्षमा काठमाडौंकै श्याम कुमार विश्वकर्मा र सह कोषाध्यक्षमा धादिङका सुदिप रसाइली निर्वाचित भएका हुन् ।

साधारणसभाले सदस्यहरुमा दोलखाका दिपक धनुके,  रामेछापका कृष्ण गहतराज,  झापाका तिलक बहादुर विश्वकर्मा र धनकुटाका देव बहादुर विश्वकर्मालाई निर्वाचित भएको छ । त्यस्तै, काठमाडौंका नवीन रसाइली, दीपेन्द्र  विश्वकर्मा, केदारनाथ सुनार गहतराज, मानबादुर विश्वकर्मा, पम्फा श्रेष्ठ, राजिन बराइली, अर्जुन विश्वकर्मा र देवी गौतम गहतराज समेत सदस्यमा निर्वाचित भएका छन् ।

देशभर शाखा सञ्जाल रहेको कला व्यवसायी संघमा १ हजार भन्दा बढी सदस्य रहेका छन् । निवर्तमान अध्यक्ष केसर विश्वकर्माले नवनिर्वाचित अध्यक्षलाई शनिवार नै पदभार हस्तान्तरण गरे ।

 नवननिर्वाचित अध्यक्ष रिजालले व्यवसायिक हकहित प्रवद्र्धन, ग्राहक सचेतना, कालीगढको सिप तथा कला अभिवृद्धिमा जोड दिने बताए ।  त्यस्तै, सुनचाँदीमा मूल्य अभिवृद्धि गरी निर्यातको लागि पहल गर्न सरकारसँग समन्वय गर्ने उनले बताए ।