११ घण्टापछि ओर्लिए हाइटेन्सन लाइनको पोलमा चढेका युवक

0
Shares

विराटनगर ।

मोरङको बुढीगंगामा बिजुलीको हाइटेन्सन लाइनको खम्बा (पोल) मा चढेका एक पुरुष ११ घण्टापछि ओर्लिएका छन् ।

सडक किनारमा टेवा पर्खाल निर्माणमा रोक लगाउन माग राखेका बुढीगंगा गाउँपालिका– ७ डंग्राहाका ४० वर्षीय दिनेश माझी शनिबार विहान साढे ६ बजे १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको खम्बामा चढेका थिए ।

उनी अपरान्ह साढे ४ बजे ओर्लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

खम्बामा चढेका व्यक्तिले गाउँपालिका अध्यक्ष जितनारायण थापामगर र उपाध्यक्ष अमृताकुमारी गच्छदार आएर काम रोक्ने प्रतिवद्धता जनाउनुपर्ने माग गरेका थिए ।

अध्यक्ष थापा मगरले उनी पोलमा चढेको ठाउँमा पुगेर उनको माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि माझी खम्बाबाट तल झरेका हुन्।