दुर्घटनामा घाइते बोहोरा आर्थिक अभावमा अस्पतालको बेडमा छटपटाउँदै

0
Shares

 सल्यान । 

गत असोज १५ गते सल्यानको कुमाख गाउँपालिका ७ जिमालीमा भएको  जिप दुर्घटना बाट घाइते भएकी १७ बर्षिय सुनिता बोहोराको आर्थिक अभावका कारण उपचारमा कठिनाइ भएको छ । यातायात व्यवसायी समितिले घाइते सुनिताको दुर्घटनाको उपचार खर्च नबेहोरे पछि आर्थिक अभावका कारण उपचारमा कठिनाइ भएको हो । उनको उपचारमा अहिले सम्म २५ लाख रुपैयाँ खर्च भैसकेको उनका श्रीमान् राजेश पुन मगरले बताउनु भयो । असोज १६ गते कुमाख गाउँपालिका ७ डुमकोटबाट खैराबाङ मन्दिरमा आउँदै गरेको रा १ ज ७९८ नम्बरको जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो भने सुनिता सहित १९ जना घाइते भएका थिए । जस मध्य सुनिता गम्भीर घाइते भएकी थिइन । उनको नेपालगञ्जमा उपचार हुन नसकेपछि भारतको लखनउ लगिएको थियो । तर आर्थिक अभावका कारण अहिले सुनितालाई  जिल्ला अस्पताल सल्यानमा राखिएको छ ।

 जिल्ला अस्पतालमा उपचार सम्भव छैन, तपाईँको मान्छे बाहिर लैजानुस् भन्नु हुन्छ डाक्टरले तर आर्थिक अभावकै कारण जबरजस्ती यहाँ राखेको छु, पैसा नै छैन कहाँ उपचार गर्न लिुन उनका श्रीमान राजेशले भन्नु भयो, उपचार गर्नको लागि पैसा खोजिरहेको छु तर कसैले पनि ऋण दिनुहुन्न, पहिले ऋण लिएका पैसा पनि माग्न थालिसके । आफू सँग भएको पैसा पनि सकिसक्यो ।

यातायात समितिलाई पटक पटक जानकारी गराउँदा पनि उपचारमा खर्चमा नहेरेको उहाँले बताउनु भयो । १८ जना मध्य बाकीले उपचार खर्च पाएको तर सुनिताको उपचारको खर्चमा समितिले बेवास्ता गरेको उहाँले बताउनु भयो । यातायात समितिले वास्ता नगरेको र गाडी धनी अहिले सम्म फरार अवस्था रहेको छ ।
यता नमस्ते सल्यान यातायात प्रालिका अध्यक्ष डम्बर तिरुवाले यातायात समिति सँग कुनै समन्वय नगरेका कारण उपचार खर्च बेहोर्न समस्या भएको जानकारी दिनुभयो । उहाँले यातायात बाट केही समस्या नभएको तर भलाई कोष र विमा कम्पनिमा कागजपत्र नपुर्‍याएका कारण खर्च बेहोर्न ढिला भएको बताउनु भयो ।
तर बिमा कम्पनीले यातायात समितिले जिम्मा नलिएको कारण र दुर्घटनाका घाइतेले  आवश्यक प्रक्रिया नपुर्‍याएका कारण भुक्तानी गर्न समस्या भएका बताएको छ । आवश्यक प्रक्रिया पुर्‍याएकाको मृतकका परिवारको भुक्तानी भैसकेको तर अन्यको कागजपत्र नपुर्‍याएकै कारण भुक्तानी दिन समस्या भएको बिमा कम्पनीले बताएको छ ।

गम्भीर घाइते भएकी सुनिताको दुवै हातखुट्टा चल्न नसक्ने र बोल्न नसक्ने अवस्थामा छन् । थप उपचार गर्न आर्थिक अभाव भएपछि अहिले सुनिताका परिवारले सहयोगको आग्रह गरेका छन् ।