धौलागिरि हिमपातमा परी बेपत्ता तामाङको शव काठमाडौँ ल्याइयो 

0
Shares

काठमाडौँ। 

गत  असोज २० गते धौलागिरि हिमालमा भएको भारी हिमपातमा परि बेपत्ता भएका  माउण्टेन गाइड राम बहादुर तामाङ्गको शव  काठमाण्डौं ल्याइएको छ ।
उनको शव  शनिबार सेनाको हेलिकप्टरमार्फत बेशक्याम्पबाट काठमाण्डौं ल्याइएको हो।

मृतक तामाङ्ग २०७९ आश्विन ०५ गते  धौलागिरि हिमाल आरोहणको लागि कोरियाली नागरिकको टोली लिएर जाने क्रममा आश्विन २० गते भएको भारी हिमपातका कारण बेपत्ता भएका   थिए ।

त्यतिबेलादेखि नै उनको  उद्धारका लागि विभिन्न प्रयासहरु गरिँदै आइएकोमा प्रतिकुल मौसमका कारण  कठिनाइ भइरहेको थियो । पछिल्लो पटक नेपाली सेनाको सहयोगमा शेर्पा आरोहीहरु सम्मिलित टोलीले  यही वैशाख  २८ र २९ गते खोज्ने क्रममा करिब ५ हजार मिटरको उचाइमा रहेको उनको  शवलाई बेशक्याम्पसम्म ल्याइएको हो ।