कर्णाटकमा काँग्रेसको विशाल अग्रता, बिजेपीका मुख्यमन्त्रीले हार स्विकार्दै भने, ‘अब लोकसभावाट फर्कनेछाै’

0
Shares

बैंग्लोर ।

 कर्णाटक बिद्यानसभा निर्वाचनको प्रारम्भिक परिणाम अनुसार प्रमुख प्रतिपक्षी दल काँग्रेसले अग्रता लिइरहेको छ ।

 आज देखी सुरु भएको मतगणनामा काँग्रेस १३७ स्थानमा अगाडी रहेको छ भने जबकि सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) ६७ स्थानमा मात्रै अग्रता लिन सफल भएको छ । मतगणना जारी छ ।

आज सार्वजनिक गरेको मतगणनाको स्थिति हेर्दा राज्यमा आफ्नै बलमा सरकार बनाउन काँग्रेसले बहुमत पु¥याउन सक्ने देखिएको छ । जबकि सरकार बनाउन १ सय १३ मत भए मात्र पुग्दछ । तर, अहिलेको मतपरिणामको रुझान हेर्दा काँग्रेसलाई आवश्यकता भन्दा बढी मत प्राप्त भइसकेको छ ।

 यो प्रारम्भिक नतिजासँगै भाजपा नेता तथा कर्णाटक राज्यका मुख्यमन्त्री बसवराज बोम्मईले पनि आफ्नो पराजय स्वीकार गरेका छन् । सो पराजय स्वीकार गर्दै कर्नाटकका मुख्यमन्त्री बोम्मईले भने, ‘हामी गन्तव्यमा पुग्न सकेनौ ।’

 उनले अगाडी भने, ‘सबै नतिजा आएपछि हामी विस्तृत विश्लेषण गर्नेछौँ र एक राष्ट्रिय राजनीतिक दलको रूपमा, हामी विभिन्न तहमा हाम्रा कमजोरीहरू खोज्नेछौँ र तिनीहरूलाई सुधार गर्नेछौँ र संगठनलाई पुनर्गठन गर्नेछौँ  । र,लोकसभा चुनावबाट फर्कनेछौ।’