महाकाली नदीमा बेवारिसे शव फेला

0
Shares

दार्चुला ।

दार्चुलामा बेवारिसे पुरुषको शव फेला परेको छ ।

महाकाली नगरपालिका –५ नमस्कारस्थित महाकाली नदीमा एक पुरुषको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार नामथर नखुलेको अन्दाजी ३० र ३५ वर्षको पुरुषको शव महाकाली नदिको बिचमा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटेको प्रहरी टोलीले शव महाकाली नदीबाट निकाली जिल्ला अस्पताल दार्चुलाको शव गृहमा राखिएको छ । शव  शनिवार बिहान भेटिएकाे हाे ।