लिवियामा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

0
Shares

काठमाडौँ ।

नेपाली सेनाले लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरेको छ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाको लागि लिवियामा खटिएको चौथो डफ्फालाई बदली गर्नको लागि पाँचौं डफ्फाका १ सय १५ जना सैनिकहरू त्यसतर्फ प्रस्थान गरेका हुन् । उनीहरू प्रमुख सेनानी भाइकाजी थापाको नेतृत्वमा बिहीवार नेपाल एयरलाइन्सको विमानमार्फत मिशन इलाकातर्फ प्रस्थान गरेका नेपाली सेनाले जनाएको छ ।

यस्तै, उक्त मिशनमा तैनाथ शान्ति सेना चौथो डफ्फाका १ सय १३ सैनिकहरू सेनानी गेलङ लामाको नेतृत्वमा शुक्रवार स्वदेश फिर्ता हुने भएका छन् ।

नेपाली सेनाका अनुसार शान्ति स्थापनार्थका लागि विभिन्न मुलुकहरूमा हाल ६ हजार ५९ जना नेपाली सैनिकहरू कार्यरत रहेका छन् ।

संयुक्त राष्ट्र संघीय मिशनमा सैन्य योगदान पुर्‍याउने मुलुकहरु मध्ये नेपाल अहिले दोस्रो स्थानमा छ ।