गण्डकी मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीले शपथ लिँदै

0
Shares

पाेखरा  ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । बिहीबार चारजना मन्त्री नियुक्त गर्दै गण्डकी प्रदेश मन्त्रिपरिषद् विस्तार गरिएको हो ।

महेन्द्रध्वज जिसी, दिपेन्द्रबहादुर थापा, राजीव गुरुङ (दीपक मनाङे) र रेशमबहादुर जुग्जाली मन्त्रीमा नियुक्त भएका हुन् । जिसी र थापा कांग्रेसबाट, मनाङे एकीकृत समाजवादीबाट र जुग्जाली माओवादीबाट मन्त्री बनेका हुन् । उनीहरुको मन्त्रालय भने सार्वजनिक गरिएको छैन ।

उनीहरुलाई शुक्रबार अपरान्ह ४ बजे शपथ गराउने तयारी भएको छ । सोही बेला मन्त्रालय पनि टुंग्याउने भएको छ । योसँगै मन्त्रिपरिषदमा कांग्रेसबाट २, माओवादी केन्द्रबाट २ र एकीकृत समाजवादीबाट १ जना गरी ७ सदस्यीय भएको छ ।