भोटो जात्रा जेठ ११ गते बिहीबार हुने



ललितपुर । ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको भोटो जात्रा यही जेठ ११ गते बिहीबार हुने भएको छ ।

पाटन मंगलबजारस्थित साइत फल्चामा बिहीबार बिहान ज्योतिषीहरू बसेर जावलाखेलमा भोटो देखाउनको लागि लगनखेल, इटी टोलबाट यही जेठ ८ गते सोमबार अपरान्ह ३ ः४५ रथ तान्ने साइत जुराएका हुन् । रथ जावलाखेल पु¥याइएको चार दिनपछि राष्ट्रप्रमुख र कार्यकारी प्रमुखको उपस्थितिमा भोटो देखाउने परम्परा रहेको छ । यसअनुसार जेठ ११ गते भोटो देखाउने लगभग निश्चित भएको गुठी संस्थानले जनाएको छ ।

लगनखेलको इटीटोलदेखि जावलाखेलसम्मको सडक फराकिलो, रथ ढल्किएमा पनि डोरीले तानेर सीधा बनाई तान्न रथ वरपर प्रशस्तै ठाउ“हरू रहेकोले रथ एकै दिनमा जावलाखेल पु¥याउन सकिने भएकोले जेठ ११ गते भोटो जात्रा हुने लगभग निश्चित रहेको छ । भोटो जात्राको दिन उपत्यकाका लागि सार्वजनिक बिदा दिइने चलन रहेको छ । भोटो जात्रापछि यस वर्षको रथयात्रा समापन हुनेछ ।

यस वर्षको रथयात्रा वैशाख ११ गते सोमबार शुरू भएको थियो । यसपटक बा“यातर्फ बढी ढल्किएकोले दुईदेखि पा“च दिन लगाएर गन्तव्य स्थलमा पु¥याइएको थियो ।

रथ तान्नु चार दिनअघि मच्छिन्द्रनाथका जलपानेजु (रथमा दाया“तर्फ बस्ने पुजारी) खाली खुट्टा हिँडेर कीर्तिपुर–२ स्थित प्यंगःथांमा पुगी त्यहा“का शक्ति स्वरूपा कन्या (याकःमिसा)लाई फूल प्रसाद ग्रहण गराउने परम्परा रहेको छ । मच्छिन्द्रनाथको प्रतिमूर्ति विवादले झन्डै अन्योलमा पर्न लागेको सो परम्पराले प्रतिमूर्ति हटाइसँगै निरन्तरता पाउने वातावरण बनेको हो । यसवर्ष फूल प्रसाद ग्रहण गराउने दिन जेठ ५ गते परेको छ ।

सो परम्परालाई निरन्तरता दिन कीर्तिपुरको गंछें पासा पुचः र स्थानीय सरोकारवालाहरूको छुट्टाछुट्टै समूह बुङमती पुगेर श्री ह्यगृव भैरवनाथ ३२ पानेजुसंघका पदाधिकारीहरूसँग कुराकानी गरेका थिए । कुराकानीका क्रममा फूलप्रसाद ग्रहण गराउन पानेजुहरू आउन सकारात्मक रहेको प्रतिमूर्ति सल्टाउन स्थानीय तर्फको भूमिका निर्वाह गरेका अग्रज सञ्चारकर्मी वीरेन्द्र शाक्यले जानकारी दिनुभयो । उहाँले गःछे पासा पुचःसुखी गछें समाजको लगायत कीर्तिपुरवासीले यसपटक सो परम्परालाई अझ भव्य र सौहार्दपूर्ण बनाउने तयारी गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्