सशस्त्र प्रहरद्वारा चोरीपैठारीको सामान बरामद

0
Shares

रुपन्देही ।

रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित डण्डा ईलाकाबाट करीव १ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र चिनी मंगलबार सशस्त्र प्रहरीले बरामद गरेकोे छ ।

भारतबाट नेपालतर्फ अबैध रुपले ल्याउँदै गरेको उल्लेखित सामान सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (विओपी डण्डा) रुपन्देहीले बरामद गरेको हो ।

बरामद सामान भैरहवा भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जानकारी दिएको छ ।