नेपाल नेत्रज्योति संघ मुगुको सभापतिमा मल्ल निर्वाचित

0
Shares

मुगु । 

नेपाल नेत्रज्योति संघ मुगुको सभापतिमा तिलकबहादुर मल्ल निर्विरोध निर्वाचित भएका छन् । संघको आज सम्पन्न जिल्ला अधिवेशनबाट समाजसेवी मल्ल निर्विरोध निर्वाचित भएका हुन् ।

आज जिल्ला कार्य समिति चयनका लागि भएको निर्वाचन बाट मल्लको नेतृत्वमा १३ सदस्य समितिका सबै सदस्य निर्विरोध निर्वाचित भएका छन् । नव निर्वाचित सभापति तिलकबहादुर मल्लका अनुसार कार्य समितिमा उपसभापतिमा लोकजङ्ग मल्ल, सचिव नरेन्द्रबहादुर रावल, सहसचिव सितलाकुमारी बुढा मल्ल, कोषाध्यक्ष भीम तिरुवा, सहकोषध्यक्ष राकेश रोकाया निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै महिला सदस्य हिरादेवि मल्ल, अप्सरा खत्री , सदस्यमा मन बहादुर डाँगर, अज बहादुर सेजुवाल, प्यारी लाल काफ्ले, धनसिला मल्ल र जानकी शाही निर्विरोध निर्वाचित भएका छन् । संघमा हालसम्म १ सय २० जना आजिवन सदस्य रहेका छन् ।

नेपाल नेत्र ज्योति संघ मुगुले विगत २० वर्ष देखि जिल्लाभरि आँखा, कान सम्बन्धी रोगका उपचार तथा विभिन्न सेवा दिने कार्यमा सहयोग र समन्वय गर्ने कार्य गर्दै आएको छ ।