भोटो जात्रा जेठ ११ गते हुने

0
Shares

ललितपुर।
ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको भोटो जात्रा यही जेठ ११ गते बिहीबार हुने भएको छ । पाटन मंगलबजारस्थित साइत फल्चामा बिहीबार बिहान ज्योतिषीहरु बसेर जावलाखेलमा भोटो देखाउनको लागि रथ लगनखेल, इटी टोल यही जेठ ८ गते३ : ४५ बजे तान्ने साईत निकालेका हुन् ।
रथ जावलाखेल पु¥याइएको चार दिनपछि राष्टप्रमुख र कार्यकारी प्रमुखको उपस्थितिमा भाटो देखाउने परम्परा रहेको छ । यस अनुसार जेठ ११ गते भोटो देखाउने लगभग निश्चित भएको गुठी संस्थानले जनाएको छ । लगनखेलको इटीटोलदेखि जावलाखेलसम्मको सडक फराकिलो, रथ ढल्किएमा डोरी पनि ले (ज∙) तानेर सिधा बनाई तान्न रथवरपर प्रशस्तै ठाउँहरु रहेकोले एकै दिन जावलाखेल पु¥याउन सकिने भएकोले जेठ ११ गते भोटो जात्रा हुने लगभग निश्चितप्राय रहेको छ ।
भोटो जात्राको दिन उपत्यकाको लागि सार्वजनिक बिदा दिइने चलन रहेको छ । भोटो जात्रापछि यस वर्षको रथयात्रा समापन हुनेछ । यस वर्षको रथयात्रा बैशाख ११ गते सोमबार शुरु भएको थियो। यसपटक बाँयातर्फ बढी ढल्किएकोले दुईदेखि पाँच दिन लगाएर गन्तव्यस्थलमा पुर्‍याइएको थियो । त्यस्तै रथ तान्नु चार दिन मच्छिन्द्रनाथका जलपानेजु (रथमा दायाँ तर्फ बस्ने पुजारी) खाली खुट्टा हिडेर कीर्तिपुर– २ स्थित प्यंगःथांमा त्यहाँका शक्ति स्वरुपा कन्या (याकःमिसा)लाई फूल प्रसाद ग्रहण गराउने परम्परा रहेको छ।
प्रतिमूर्ति विवादले झन्डै अन्यौलमा पर्न लागेको सो परम्परा प्रतिमूर्ति हटाइसँगै निरन्तरता पाउने वातावरण बनेको छ ।यसवर्ष फूल प्रसाद ग्रहण गराउने दिन जेठ ५ गते परेको छ । सो परम्पराको निरन्तरता दिन कीर्तिपुरको गंछें पासा पुचःर स्थानीय सरोकारवालाहरु छुट्टाछुट्टै समूह बुं∙मती पुगेर श्री ह्यगृव भैरवनाथ ३२ पानेजुसंघका पदाधिकारीहरुसँग कुराकानी गरेका छन्।
कुराकानीका क्रममा फूलप्रसाद ग्रहण गराउन पानेजुहरु आउन सकारात्मक रहेको प्रतिमूर्ति सल्टाउन स्थानीय तर्फको भूमिका निर्वाह गरेका अग्रज सञ्चारकर्मी वीरेन्द्र शाक्यले जानकारी दिनुभयो।यस पटक सो परम्परालाई अझ भव्य र सौहार्दपूर्ण बनाउने तयारी गःछे पासा पुचःसुखी गछें समाजको लगायत कीर्तिपुरवासी गरेको पनि शाक्यको भनाई रहेको छ ।