बनेपामा कायस्थको श्रद्धाञ्जली कार्यक्रम


बनेपा ।

दोस्रो जनआन्दोलनमा घाइते भइ उपचाररत काभ्रेका मुकेश कायस्थको निधन भएको छ । ‘जिउँदा शहीद’ भनेर चिनिने कायस्थको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा बुधबार साँझ निधन भएको हो । ३२ बर्षको उमेरमा उनको ७ः३० बजे निधन भएको हो ।

२०६२/६३को जनआन्दोलनको क्रममा २०६२ चैत २७ गतेको आन्दोलनमा १४ बर्षिया मुकेशको शिरमा सुरक्षाकर्मीको गोली लागेको थियो । त्यसपछि निरन्तर अस्पतालमा रहदैँ आएका मुकेश पछिल्लो समयमा भने स्वास्थ्यमा सुधार हुदैँ आएको थियो । उनी पछिल्लो समयमा हाँस्न, इशारा गर्ने र ह्विल चेयरमा बस्न सुरु गरेका थिए । आज उनको अन्त्येष्टी गरिने कायस्थ प्रतिष्ठानका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिएका छन् ।

 कायस्थको अन्तिम संस्कार बनेपा नगरपालिका प्रङ्गणमा श्रद्धाञ्जलीको लागि विहान ११:३० बजेदेखि २ बजे सम्म राखिने दिउँसो १ बजेदेखि बनेपा परिक्रमा सँगै उग्रतिर्थेश्वर घाटमा अन्तिम संस्कार गरिने अध्यक्ष  शर्माले बताए   ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कायस्थको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएका थिए भने नेपाल प्रहरीको एक टुकडीद्धारा शोक सलामी अर्पण गरिने अध्यक्ष शर्मा जानकारी दिए  ।