भुटानी शरणार्थी प्रकरण : निष्पक्ष छानबिनको माग गर्दै विद्यार्थीहरूद्वारा प्रदर्शन

0
Shares

काठमाडौं । विद्यार्थीहरूले भुटानी शरणार्थी प्रकरण निष्पक्ष छानबिन गर्दै संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै प्रदर्शन गरेका छन् ।

संयुक्त विद्यार्थी संगठनले बिहीबार शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले सो प्रकरणमा संलग्न जोसुकै भए पनि कारबाही गर्नुपर्ने बताएका छन् ।

अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न माग गर्दै विद्यार्थीको खबरदारी स्वरुप प्रदर्शन गरेका छन् ।