पूर्वगृहमन्त्री खाँणबारे निर्णय लिन कांग्रेस पदाधिकारी बैठक बस्दै

0
Shares

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ ।

पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ परेपश्चात् उत्पन्न परिस्थितिबारे छलफल गर्न आज (बिहीबार) बैठक बस्न लागेको हो ।

हिजो (बुधबार) बसेको बैठकमा खाँणबारे प्रारम्भिक छलफल भए पनि उनीमाथि प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्व नभएको भन्दै कुनै निर्णय गरिएको थिएन ।

आज बस्ने बैठकले खाँणलाई निलम्बन गर्न सक्ने बुझिएको छ ।