व्यापार घाटा १७ दशमलव १ प्रतिशतले घट्यो : १२ खर्ब १ अर्बको आयात हुँदा १ खर्ब १८ अर्बको निर्यात

0
Shares

काठमाडौं । चैत महिनाको अन्त्यसम्म व्यापार घाटा १७ दशमलव १ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७९÷८० को नौ महिनामा कुल वस्तु व्यापार घाटा १० खर्ब ८३ अर्ब २३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २८ दशमलव ५ प्रतिशतले बढेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९ दशमलव ८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १० दशमलव ९ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०७९÷८० को नौ महिनामा कुल वस्तु निर्यात २६ दशमलव ३ प्रतिशतले कमी आई १ खर्ब १८ अर्ब २८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ६९ दशमलव ४ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३५ दशमलव १ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः २ दशमलव २ प्रतिशत र ८ दशमलव १ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलंैचा, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, जुटका सामान लगायतका वस्तुको निर्यात घटेको छ । यस अवधिमा कुल वस्तु आयात १८ दशमलव १ प्रतिशतले घटेर १२ खर्ब १ अर्ब ५१ करोड रुपियाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३२ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६ दशमलव ४ प्रतिशत, २३ प्रतिशत र १९ दशमलव ४ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, पेट्रोलियम पदार्थ, सुन, कागज लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, औषधि, एमएस विलेट, दूरसञ्चारका उपकरण तथा पार्ट्स, अन्य मेशिनरी तथा पार्टस्लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्पm भैरहवा, सुक्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १०१ अर्ब ६७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १६७ अर्ब ५३ करोड बराबरको भएको थियो । वैदेशिक व्यापारको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५५ प्रतिशत र ४४ दशमलव ३ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात् शून्य दशमलव ६ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ४७ दशमलव २ प्रतिशत, शून्य दशमलव शून्य २ प्रतिशत र ५२ दशमलव ७ प्रतिशत रहेको थियो। त्यस्तै कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५३ दशमलव ३ प्रतिशत, पुँजीगत वस्तुको ८ दशमलव ३ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३८ दशमलव ३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५३ दशमलव २ प्रतिशत, १० दशमलव ५ प्रतिशत र ३६ दशमलव ३ प्रतिशत रहेका थिए ।
चालु खाता ५१ अर्ब घाटामा

चालू आवको नौ महिनाको अवधिमा चालु खाता ५१ अर्ब ८२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५ खर्ब १० अर्ब ५८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब २७ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४० करोड २८ लाखले घाटामा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २४ प्रतिशतले कमी आई ५ अर्ब ९१ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ६२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ७८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ५१ करोड रहेको थियो।

त्यस्तै शोधनान्तर स्थिति १ खर्ब ८० अर्ब १७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ३७ करोडले बचतमा रहेको छ ।