सत्यमोहन जोशीको जन्मजयन्ती मनाउन शुरू १ सय ४ औं जन्मजयन्तीमा सप्ताहव्यापी कार्यक्रम गरिँदै

0
Shares

ललितपुर । वाङ्मय शताब्दीपुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको जन्मजयन्ती यस वर्षदेखि मनाउन शुरू गरिएको छ । लोक साहित्य परिषद्, बखुम्बहालको अगुवाइमा यस वर्षदेखि जन्मजयन्ती मनाउन थालनी गरिएको हो ।

सरकारले ९५ वर्षको उमेरमा वाङ्मय शताब्दी पुरुषको उपाधि दिएदेखि हरेक वैशाख ३० गते जन्मशताब्दी मनाउ“दै आएको थियो । १ सय ३ वर्षको उमेरमा जोशीको गत असोज ३० गते आइतबार निधन भएको थियो । यसवर्षदेखि सप्ताहव्यापी विविध कार्यक्रमको आयोजना गरी जोशीको १ सय ४ औं जन्मजयन्ती मनाइदैंछ । वैशाख २४ गते आइतबारदेखि विविध कार्यक्रम गरी जन्मजयन्ती मनाउ“दै आएको परिषद्का अध्यक्ष रजितबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

पहिलो दिन पाटन मंगलबजारमा रक्तदानको आयोजना गरिएको थियो । सो कार्यक्रममा ६८ जनाले रक्तदान गरेका थिए । सोही अवसरमा विभिन्न संघसंस्थाको सहयोगमा उपत्यकाका ३७ वटा स्थानमा रक्तदान कार्यक्रम भएको थियो ।

वैशाख २५ गते सोमबार जोशीको निवासमा साहित्यिक पुस्तक प्रदर्शनी र २६ गते मंगलबार बज्रयानी बौद्ध धर्ममा पवित्र मानिने नामसंगीति पाठ गरिएको थियो । त्यस्तै, बुधबार जोशीको चखुंचा हाःगु म्ये (चराले गाएको गीत) र साहित्यकार मीना वज्राचार्यको ‘किसीया नसा क्वःया दशा’ (हात्तीको आहार, कागको दशा) नामक नेपाल भाषाको बालसाहित्यसम्बन्धी पुस्तकको लोकापर्ण गरिएको थियो । वैशाख २८ गते बिहीबार र २९ गते शुक्रबार टेलिस्कोपको माध्यमबाट तारा दर्शन कार्यक्रम तय गरिएको छ ।

सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन वैशाख ३० गते शनिबार उपप्रधान तथा गृहमन्त्रीको उपस्थितिमा पाटन संग्रहालमा जन्मजयन्ती समारोह, पाटन दरबार क्षेत्रमा दीप प्रज्ज्वलन कार्यक्रम हुने परिषद्ले जनाएको छ । सप्ताहव्यापी कार्यक्रमको अवधिभर कलाकार राजकुमार महर्जनले बनाएको जोशीको पूर्णकदको सालिक कार्यक्रमस्थलमा राखिने छ ।

जोशीको कृतित्व र व्यक्तित्व भावि पुस्ताका निम्ति सधैं प्रेरणादायी रहने उल्लेख गर्दै उहाँको योगदानलाई अझ जनजनलाई चिनाउन जन्मजयन्ती मनाइएको जिकिर गर्दै परिषद्का अध्यक्ष श्रेष्ठले भन्नुभयो– ‘जोशी हाम्रामाझ हुनुहुन्न । तर, उहा“को कृति, योगदान र सिर्जना अझै जीवित छन् । यसको स्थायित्व, र योगदानलाई स्मरणीय बनाइराख्ने कार्यमा संघ, प्रदेशसँ

गै स्थानीय तहको दायित्व बढी रहन्छ । ताकि जोशीबाट साहित्य, संस्कृति र इतिहासको अध्ययन गर्ने प्रेरणा जनजनले लिन सकियोस् ।’ जोशी १ सय वर्ष पुग्दा ललितपुर महानगरपालिकाले बृहत् अभिनन्दन कार्यक्रम आयोजना गरिएको स्मरण गर्दै परिषद्का पदाधिकारीहरूले जोशीको निधनपछि उहा“लाई सधैं सम्झिरहने वातावरण बनाउने दिशामा ठोस कार्य गर्न महानगरपालिकालाई आग्रह गर्दै आएको छ ।