तीन महिने सिलाई कटाई तालिम सम्पन्न



लमजुङ ।

बेसीशहर नगरपालिका वडा नं. ८ मा संचालित तीन महिने आधारभूत सिलाई कटाई तालिम सम्पन्न भएको छ । आर्थिक बर्ष २०७९÷०८० को गरीबी निवारणका लागि लघुउद्यम विकास (मेडपा) कार्यक्रम अन्र्तगत सो तालिम संचालन गरीएको नगरपालिकाले जनाएको छ ।

तालिम समापनमा बोल्दै बेसीशहर नगरपालिका प्रमुख गुमनसिंह अर्यालले तिन महिना सम्म सिकेको सिपलाई जिवनमा लागु गर्न आग्रह गर्नुभयो । मानिसलाई सिपले स्वरोजगार बनाउने बताउँदै श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने नगरप्रमुख अर्यालले बताउनु भयो ।

सोही कार्यक्रममा बोल्दै नगरपालिका उपप्रमुख पदमा गुरुङले स्थानियहरुको माग अनुसार तालिम दिएकाले आफुले सिकेको सिपलाई व्यवहारमा उतार्दै व्यवासायिक बन्न आग्रह गर्नुभयो । नगरपालिकाले आगमी दिनमा थप सिप विकासमा सहयोग गर्ने समेत प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा प्रशिक्षक गिता प्रधानले सिलाई कटाई तालिमबाट दक्ष जनशक्ति उत्पादन गर्ने हिसाबले तालिम प्रधान गरीएको बताउदै तालिमले महिला दिदिबहिनीहरुलाई स्वरोजगार, आत्म निर्भर बन्न र आर्थिक उपार्जनमा समेत महत्वपूर्ण योगदान पु¥याउने बताउनु भयो ।

मेडपा अन्तर्गत सात लाख ७७ हजार आठ सय ८० रुपैयाँ बजेटबाट महिलाहरुलाई सिपमुलक तालिम दिइएको हो । तालिममा २० जना महिलाहरुको सहभागि थिए । सहभागि प्रत्येकलाई एक एक थान सिलाई मेसिन समेत प्रदान गरीएको उद्यम विकास सहजकर्ता अन्जु रानाले बताउनु भयो । उहाँका अनुसार प्रति व्यक्तिलाई १३ हजार तिन सय ८६ रुपैयाँ ४२ पैसा बराबरको मेसिन प्रदान गरीएको हो ।

वडा नं. ८ का वडा अध्यक्ष पवित्र थापा रानाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन उद्यम विकास सहजकर्ता अन्जु रानाले गर्नु भएको थियो । कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत इमनाथ कँडेल, कार्यक्रम अधिकृत मेगेन्द्र पोख्रेल, लेखा अधिकृत सिर्जन पौडेलल लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्