सूर्तीजन्य प्रदार्थको कर बढाउन पहल गर्ने स्वास्थ्यमन्त्रीको भनाइ

0
Shares

काठमाडौं  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सूर्तीजन्य प्रदार्थको कर बढाउन पहल गर्ने बताए ।

स्वास्थ्य पत्रकारसँगको अन्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले नेपालमा अर्थतन्त्र बिग्रिएको बेला सूर्तीजनय पदार्थ कर बढाएर क्यान्सरका बिरामीको उपचारमा राहत पुग्ने बताए ।

सूर्तीजन्य प्रदार्थको कर नेपालमा एसियाको सबैभन्दा थोरै रहेको छ । विश्व स्वास्थ्य संगठनले सूर्तीजन्य प्रदार्थको कर ७५ प्रतिशतसम्म बढाउनुपर्ने सुझाव दिर्दै आएको छ ।

नेपालमा सूर्तीजन्य पदार्थको कर न्यून रहेको र नेपालमा अर्थतन्त्र बिग्रिएको बेला कर बढाएमा क्यान्सर रोगको उपचारमा सहज हुनुका साथै सूर्तीजन्य प्रदार्थको सेवनमा पनि कमी आउने उनको भनाइ छ ।

सूर्तीजन्य पदार्थ नखाएर स्वास्थ्य जोगिने र खाए राज्यको कर बढ्ने उहाँको भनाइ छ। साथै मन्त्री बस्नेतले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउँदै लैजाने बताए । मन्त्री बस्नेतले स्वास्थ्यको बजेटको सिलिङ ४० प्रतिशत बजेट घटेको बताउँदै आफू मन्त्रालय आएदेखि बजेट बढाउन पहल गरेको दाबी गरे ।