पूर्वगृहमन्त्री खाणलाई लगियो अदालत

0
Shares

काठमाडौं ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला अदालत काठमाडौंमा लगेको छ ।

प्रहरीले बुधबार बिहान पक्राउ गरेको खाणलाई हिरासतमा राख्न अनुमति लिन जिल्ला अदालतमा लगेको हो ।  जिल्ला प्रहरी परिसर काठमाडौंबाट उनलाई अपरान्ह ३ बजे बबरमहलस्थित जिल्ला अदालत काठमाडौं लगिएको हो ।

नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पाउने ठगी प्रकरणमा अनुसन्धानका लागि उनलाई प्रहरीले पक्राउ गरेको हो ।