अटोमेटिक पेस्तोल र गोलीसहित १ जना पक्राउ

0
Shares

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित किङ क्रस क्लबबाट अटोमेटिक पेस्तोल १ थान र सोही पेस्तोलको गोली १ राउण्डसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दिया बाँसगढी नगरपालिका–८ बस्ने २८ वर्षीय सुमन रिजाल रहेको प्रहरीले जनाएको छ । रिजाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त क्लबमा झगडा भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त क्लबको ट्वाइलेटमा लुकाई राखेको उक्त हतियारसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।