शून्य समयको आरम्भमा बोल्न नपाएको झोकमा राप्रपा सांसदको नाराबाजी, संसद् बैठक प्रभावित

0
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा राप्रपाका सांसदहरु बोल्न नपाएको भन्दै नाराबाजी गरेका छन् । बैठक आरम्भ भएकै समयमा बोल्न पाउनुपर्ने माग राख्दै उनीहरुले नाराबाजी गरेका हुन् ।

नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा जारी बैठकमा राप्रपाका सांसदहरुले आरम्भमै बोल्न पाउनुपर्ने माग राखेर रोष्ट्रम घेर्दै नाराबाजी गरिरहेका छन् ।

सभामुख देवराज घिमिरेले शून्य समयबाहेक अरु समय अहिलेलाई हटाउने समझादारी भएको बताउँदै बस्न आग्रह गरे पनि राप्रपाका सांसदहरु उठेर विरोध जनाइरहेका छन् ।

तर, सभामुख घिमिरेले शून्य समय सुरु भएको भन्दै विमला सुवेदीलाई बोल्न समय दिएपछि राप्रपा सांसदले रोष्ट्रम घेरेका हुन् भने बैठक प्रभावित बनेको छ ।