नक्कली शरणार्थी प्रकरणमा मुछिएका १२ जना पक्राउ, टोपबहादुर रायमाझी अझैँ फरार

0
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता वालकृष्ण खाँणसहित १२ जना पक्राउ परेका छन् ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर लाखौँ रुपैयाँ ठगी गर्ने गिरोहमा संलग्न भएको भन्दै १२ जनालाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

यद्यपि उक्त प्रकरणमा संलग्न पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी भने हालसम्म फरार छन् । उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।