पूर्वगृहमन्त्री तथा कांग्रेस नेता वालकृष्ण खाँणका स्वकीय सचिव केसी पनि पक्राउ

0
Shares

काठमाडौं । पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणका स्वकीय सचिव पनि पक्राउ परेका छन् । सचिव नरेन्द्र केसी पनि खाँणसँगै पक्राउ परेका हुन् ।

खाँणका स्वकीय सचिव केसीलाई पनि पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका इञ्चार्ज एसएसपी दानबहादुर कार्कीले बताए ।

नक्कली भटानी शरणार्थी प्रकरणमा खाँणसँगै उनका स्वकीय सचिव केसीलाई प्रहरीले पक्राउ गरेको हो । यो प्रकरणमा १० जनालाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ ।