नक्कली भुटानी शरणार्थीबारे निष्पक्ष छानबिन गर्न माग

0
Shares

–भ्रष्टाचारका विषयमा प्रायः एकै व्यक्ति सबैका प्रिय पात्र
–हस्ताक्षर गर्दा कर्मचारीले साइनिङ मनी’ लिने प्रवृत्ति

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा संलग्नहरूको नामावली एकपछि अर्को गर्दै सार्वजनिक हुन थालेपछि संघीय संसद्को दुवै सदनमा यस विषयले प्राथमिकता पाएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी भएको नक्कली कागजात तयार पारेर अमेरिका पठाइदिने भन्दै करिब ९ सय जनाबाट करोडौं रकम असुलेको विषय बाहिर आएपछि संसद्मा यस विषयले प्राथमिकता पाएको हो ।

अहिले संसद्को छलफलको विषय बजेटको तयारी भए पनि भुटानी शरणार्थीको नक्कली कागजात बनाउने प्रकरणले मुलुकलाई तरंगित पारेको अवस्थाका कारण सांसदहरूले सो विषयमा निष्पक्ष छानबिनको माग गरेका थिए ।

यस प्रकरणमा मन्त्रालयका सचिव, पूर्वमन्त्री र तिनका आसेपासेको संलग्नता बाहिर आएपछि यसको अनुसन्धान फितलो हुने हो कि भन्ने शंका गर्दै अनुसन्धानलाई टुंगोमा पु¥याउनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

प्रतिनिधिसभामा चलिरहेको विनियोजित बजेट–२०८० को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लि“दै नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सरकारले भ्रष्टाचारविरुद्ध फाइल मात्रै नभई ‘फायर’ खोल्नुपर्ने बताउनुभयो । उहाँले यसलाई टुंगोमा पु¥याउनुपर्नेमा जोड दिँदै भन्नुभयो– ‘भुटानी शरणार्थी सन्दर्भको जुन फाइल खोलिएको छ, यसलाई सरकारले निष्कर्षमा पु¥याउनुपर्छ भन्ने कुरा अपिल गर्न चाहन्छु । भ्रष्टाचारविरुद्ध फाइल मात्रै होइन, मलाई लाग्छ राज्यले फायर खोल्नुपर्छ । सँगै निर्दोष कोही फस्नुहुन्न, दोषी कोही बच्नु पनि हुन्न ।’ शर्माले सरकारले ल्याएको भ्रष्टाचार नियन्त्रण ऐन २०५९ को संशोधनमा भ्रष्टाचारको छानबिन गर्न पा“च वर्षको हद म्यादको प्रस्ताव राख्नु शून्य सहनशीलताको नीतिसँग विरोधाभास हुने टिप्पणी गर्नुभयो ।

भुटानी शरणार्थी नक्कली कागजात तयार पार्ने घटनामा उच्च तहको संलग्नता रहेको खबर बाहिर आएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले प्रतिनिधिसभाको बैठकमा कुनै दबाबमा नपरी घटनाको निष्पक्ष छानबिन गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो– ‘त्यो घटनामा निष्पक्ष ढंगले छानबिन गरेर नेपाली जनता र नेपाल पक्ष राष्ट्र भएर गरिएको अन्तराष्ट्रिय सन्धि सम्झौताको पक्षमा नेपाल निष्पक्षतापूर्वक उभिएको कुरालाई अगाडि बढाउनुपर्छ ।’

त्यसै गरी राष्ट्रियसभामा जारी पूर्व बजेट छलफलमा नेकपा (एमाले) राष्ट्रिय सभा संसदीय दलको नेता देवेन्द्र दाहालले कर्मचारी र ठेकेदारको मिलेमतोमा भ्रष्टाचार हुने उल्लेख गर्दै यसमा नेताहरू पनि मुछिने गरेको बताउनुभयो । ठेक्कापट्टा लिने सम्झौतामा हस्ताक्षर गर्दा कर्मचारीले ‘साइनिङ मनी’ लिने प्रवृत्ति रहेको टिप्पणी गर्दै उहाँले भन्नुभयो– ‘कर्मचारीले सचिवले साइनिङ मनी लिने, दुई प्रतिशत, तीन प्रतिशत कति हुन्छ त्यो गोजीमा हालिहाल्ने, ठेकेदारले मोबिलाइजेनसको रकम लिने, त्यो रकम अरू नै काममा लगाउने, यो भएपछि आयोजना लथालिङ्ग हुन्छ, अगाडि बढ्दैन । वर्षौंदेखि यो क्रम बढिरहेको छ ।’ उहा“ले विभिन्न माध्यमबाट भ्रष्टाचारको पुलिन्दा थपिँदै गइरहको टिप्पणी गर्दै सरकारलाई भ्रष्टाचार न्यूनीकरणमा प्रस्ट हुन आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका अर्का सांसद राजेन्द्र बजगार्इंले भ्रष्टाचारका विषयमा जोडिने पात्रहरू प्रायः एकै व्यक्ति हुने र सबैका प्रिय पात्र रहने गरेको जिकिर गर्दै उहाँले भन्नुभयो– ‘उनीहरू खतरनाक सर्प हुन् । शक्ति केन्द्र र राज्यसंयन्त्र हल्लाइ दिन्छन् वा भ्रष्टाचारीका आन्द्रा बाघकाजस्ता छोटा हुन्छन् उनीहरूको पाचन शक्ति बलियो हुन्छ ।’

संसद् बैठकमा भुटानी शरणार्थी प्रकरणको टेप काण्डको अनुसन्धान माग गर्दा सांसद आरजु राणा देउवाले महिला हिंसा भन्दै गुनासो गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. तोसिमा कार्कीले भ्रष्टाचारमा कहाँ लिं∙ जोडिएको हुन्छ भन्दै प्रश्न गर्नुभएको थियो । उहाँले भन्नुभयो– ‘एक महिला माननीयज्यूले भन्नुभयो, टेप काण्डको अनुसन्धान माग गर्दा महिला विद्रोही भयो, महिला हिंसा भयो । मलाई उत्तर दिनुप¥यो, भ्रष्टाचारमा कहाँ लि∙ जोडिएको हुन्छ ? भ्रष्टाचार मात्र होइन यहाँ चिनारी फेरेर राष्ट्रघात भएको छ, अपराध भएको छ कारबाही हुनुपर्छ ।’

सो प्रकरणमा सांसद आरजु राणा देउवाको संलग्नता पनि बाहिर आएको थियो । त्यसपछि टेप काण्डको अनुसन्धानको माग गर्दा एक जना महिला आफ्नो संघर्षले सावर्जनिक जीवनमा बाहिर आयो भने पुरुषलाई असह्य हुने भो भनेर देउवाले अभिव्यक्ति दिनुभएको थियो ।

सन् २०२२ मा ट्रान्सपरेन्सी इन्टरनेसनले विश्वका २ सय वटा देशमा गरेको सर्वेक्षणको प्रतिवेदनमा नेपाल १ सय १०औं स्थानमा परेको थियो । विशेषतः राजनीतिक र प्रशासनिक संरक्षणमा आर्थिक भ्रष्टाचार हुने सो सर्वेक्षणले आंैल्याएको छ ।