पाकिस्तानका पूर्वप्रधानमन्त्री खान गिरफ्तार भएसँगै चर्कियो प्रदर्शन

0
Shares

काठमाडौँ।

 पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेसँगै प्रदर्शन चर्किएको छ। बीबीसीका अनुसार खानको गिरफ्तारीको विरोधमा प्रदर्शन गरिरहेका पीटीआईका कार्यकर्ताहरूले रावलपिँडीस्थित सेनाको मुख्यालय बाहिर पुगेर तोडफोड गरेका छन्।

अदालत परिसरबाट खानलाई पक्राउ गरेपछि लाहोरको सडकमा पनि प्रदर्शनकारीहरु जम्मा भएर प्रदर्शन गरिरहेको बताइएको छ।

त्यस्तै खानको घर अवस्थित जमान पार्कमा प्रहरी र प्रदर्शनकारी आमनेसामने हुँदा प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरिरहेको छ।

सोही क्रममा आन्दोलनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार गरेका छन्।

भ्रष्टाचारसम्बन्धी आरोप लगाइएको मुद्दाबारे उनी अदालतमा उपस्थित हुन लागेका थिए । इस्लामावाद प्रहरीले, खानलाई अदालत परिसरबाटैआज  पक्राउ गरेको हो ।