घुम्ती शिविर मार्फत शारीरिक अपाङ्गता भएका बालबालिकाहरुको उपचार



सल्यान ।

सल्यानमा निःशुल्क घुम्ती शिविर मार्फत शारीरिक अपाङ्गता भएका बालबालिकाहरुको उपचार गरिएको छ । जिल्लाका ४ पालिकाले शारीरिक अपाङ्गता भएका बालबालिकाहरुको शारीरिक अपाङ्गता पहिचान तथा पुनः स्थापन घुम्ती शिविर सञ्चालन गरी उनीहरूको उपचार गरिएको हो । जिल्लाको बागचौर नगपालिका, शारदा नगरपालिका, छत्रेश्वरी गाउँपालिका र कपुरकोट गाउँपालिकाको समन्वय र अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र बनेपा को प्राविधिक तथा आर्थिक सहयोगमा निःशुल्क शिविर बाट २ सय ३९ जना बालबालिकाको निःशुल्क उपचार सेवा लिएका छन् ।

बागचौर नगरपालिकामा ७४, शारदा नगरपालिकामा ५८, छत्रेश्वरी गाउँपालिकामा ४३ र कपुरकोट ६४ जना शारीरिक अपाङ्गता भएका बालबालिकाहरुको उपचार गरिएको अपाङ्ग बाल अस्पताल तथा पुनः स्थापना केन्द्र बनेपा काभ्रे अन्तर्गत प्रदेश पुनर्स्थापना केन्द्र सुर्खेतका प्रमुख होमराज केसीले बताउनु भयो । उहाँको अनुसार बालबालिकालाई अपाङ्गता हुनबाट बचाउने उद्देश्यका साथ जिल्लाका विभिन्न स्थानीय तहमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको बताउनु भयो  । उहाँका अनुसार जन्मेदेखि १८ वर्ष सम्मका बालबालिकाहरुलाई सेवा दिइने छ । शिविरमा जन्मजात खुट्टाको पैतला भित्र वा बाहिर फर्केको, आगोले पोलेर अंगहरु एकआपसमा टासिएको खुट्टा लुलो वा कमजोर भएको, भाँचिएको बाङ्गो भएको वा हड्डीहरू नजोडिएको, जोड्नी र घुँडाको समस्या भएको, जोर्नी दुख्ने वा सुनिने समस्या भएको भएको चेकजाँच गरिन्छ । यस्तै हड्डी पाकेको, औलाहरु एकआपसमा टाँसिएको वा बढी भएको, कृत्रिम हात खुट्टा वा अंगहरुको आवश्यकता भएको, हड्डीहरूमा टिबी रोग लागेको, शरीरका विभिन्न जोर्नी बाङ्गो भएको र अन्य हाडजार्नि सम्बन्धी समस्या भएकाको शिविरमा चेकजाँच गरिएको जानकारी दिनुभएको छ ।

शिविरमा निःशुल्क शारीरिक अपांङ्गता भएका स्वास्थ्य परीक्षण घुम्ती शिविरमा पहिचानका लागि शारीरिक अपांङ्गता भएका गुड्ने मेच,वाकर, अर्थाेपेडिक सहाय सामग्री नाप जाँच, अर्थाेपेडिक सहायक सामग्री, वैशाखी वितरण गरिएको छ । यस्तै मानर शल्यक्रिया,  रिफर शल्यक्रियाका लागि बनेपा अपाङ्ग बाल अस्पतालमा भर्ना मिति दिएर उपचारको लागि सिफारिस समेत गरिएको केसीले बताउनु भयो ।

अपांङ्गता भएका व्यक्तिहरुलाई सहज रुपमा जीवनयापन गर्नको लागि पालिकाले विभिन्न संघ संस्थाको समन्वयमा सेवा दिँदै आएको छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले बताउनु भयो । उहाँका अनुसार अपांङ्गता भएका व्यक्तिहरुको पहिचान गरी विभिन्न सिपमूलक तालिम समेत सञ्चालन गर्दै आइरहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्