थप ५१ जनामा कोरोना सङ्क्रमण



काठमाडौं।

नेपालमा पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार एक हजार ९०२ जनामा गरिएको परीक्षणबाट ५१ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा नेपालमा २६ जना संक्रमण मुक्त भएका छन् ।

आज थपिएका सँगै नेपालमा १४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्