अमेरिकन चेम्बर अफ कमर्स र युएस एड ट्रेडबीच सहकार्य



काठमाडाैं  ।

अमेरिकन चेम्बर अफ कमर्स नेपाल (एमच्याम) र युएसएड ट्रेड एण्ड कम्पिटिटिभनेस नेपालबीच व्यवसाय विस्तारमा सहजीकरणका लागि सहकार्य गर्ने सम्झौता भएको छ ।

एमच्यामका अध्यक्ष अजित शाह र युएसएड ट्रेड एण्ड कम्पिटिटिभनेस नेपालकी प्रमुख एग्नेस लुजले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।सम्झौता अनुसार, युएसएड ट्रेड एण्ड कम्पिटिटिभनेसले लगानी विस्तारका लागि एमच्यामलाई नीतिगत रुपमा सहजीकरण गर्नेछ ।

सो सम्झौता अनुसार नेपाल तथा अमेरिकामा हुने व्यवसाय एकअर्काको देशमा विस्तार गर्नका लागि सहज हुने एमच्यामका अध्यक्ष अजित शाहले बताए । सम्झौताले नेपाल र अमेरिकाबीच लगानीमैत्री वातावरण निर्माण गर्ने शाहले बताए ।

यस्तै, एमच्यामले नेपाल र अमेरिकामा ‘डुइङ विजनेश’ सञ्चालनका लागि चासो देखाउनेहरूका लागि सहजीकरण गर्नेछ । सो सम्झौतापश्चात एमच्यामले व्यवसायका लागि विभिन्न किसिमका वर्कशप सञ्चालन गर्ने तथा तालिमको समेत व्यवस्था गर्नेछ ।

सम्झौता अवधि २०२३ को मेदेखि २०२६ डिसेम्बर २६ सम्म रहने बताइएको छ । अमेरिकन चेम्बर अफ कमर्स नेपाल (एमच्याम) अमेरिकी लगानीमा नेपालमा सञ्चालित कम्पनीहरूको साझा संस्था हो ।

प्रतिक्रिया दिनुहोस्