सर्लाहीबाट चोरीपैठारीको लत्ताकपडा बरामद



काठमाडाैं ।

सर्लाही जिल्लाको पर्सा गाउँपालिका ६ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले २ लाख ८८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको लत्ताकपडा ल्याउने व्यक्ति सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथ सामान छाडी फरार भएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीले बरामद गरेको हो ।

बरामद लत्ताकपडा आवश्यक कारबाहीको लागि मलगंवा भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्