पत्रकार चन्दद्वारा विद्यार्थीलाइ शैक्षिक सामाग्री वितरण

0
Shares

डोटी ।

नेपाल टेलिभिजन डोटी सवाददाता तथा नेपाल पत्रकार महासंघ डोटी शाखाका कार्यसमिति सदस्य एकेन्द्र चन्दले आफूले अध्ययन गरेको बडिकेदार गाउँपाकिलास्थित गौरीशंकर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् ।

पत्रकार चन्दले न्यून आयस्तर भएका तथा आमा बुवा गुमाएका विद्यार्थीहरुलाई विद्यालय पोशाक,कापी कलम लगायतका शैक्षिक सामाग्री वितरण गरेका हुन् ।

आर्थिक अवस्था कमजोर भएका र आमाबुबा गुमाएका विद्यार्थीहरुलाई पढाईमा केही हदसम्म भएपनि सहजता होस भन्ने हेतुले आफूले शैक्षिक सामाग्री वितरण गरेको पत्रकार चन्दले जानकारी दिए  ।