बजेट बनाउँदा मजदुर र किसानको तस्बिर अगाडि राख्नुस् : डा. सीके राउत

0
Shares

काठमाडौँ।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आगामी बजेट मानवकेन्द्रित बनाउन अर्थमन्त्री डा. प्रकाशशरण महतलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा जारी विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उनले विदेशमा गएका मजदुर र गाउँका किसानको तस्बिर अघि राखेर बजेट बनाउन सुझाएका हुन् ।

“बजेट बनाउँदा कमसेकम तपाईंले विदेशमा गएका मजदुरहरूको तस्बिर अघि राख्नुस्,” उनले भने, “गाउँमा रहेका किसान मेलापात गएर फर्किन्छन्, आफ्नो बच्चाको समक्ष नजवाफ हुन्छन् । उनीहरूको तस्बिर राखेर बनाउनुस् । प्रेम आचार्यहरूले गरेर खाने वातावरण बनोस् ।”