१४ वर्षीया बालिका बलात्कार गरेकाे आराेपमा एक जना पक्राउ

0
Shares

उदयपुर ।

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका- १ बालुवाटार टोल बस्ने ५४ वर्षीय अतिमान विकलाई प्रहरीले पक्राउ गरेको छ ।

विकले ती बालिकालाई धाक धम्की देखाई वैशाख १८ गते बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।