सांसदको प्रमाणपत्र पाइन् विन्दाबासिनी कंसाकारले

0
Shares

काठमाडौँ।

निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की विन्दाबासिनी कंसाकार प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र दिएको छ ।

रास्वपाको कारबाहीमा ढाकाकुमार श्रेष्ठको सांसद पद गुमेपछि समानुपातिक निर्वाचन प्रणालीको उम्मेदवारको सूचीमा रहेकी कंसाकारलाई आयोगले प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र दिएको हो । पार्टीको सिफारिसमा आयोगले उनलाई सदस्यको प्रमाणपत्र दिएको हो ।

तर, ढाकाकुमारको सांसदसमेत पदबाट हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सोमबार सर्वाेच्च अदाललतले अल्पकालीन आदेश दिएको छ ।