टिप्परमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

0
Shares

धनुषा ।

मिथिला नगरपालिका ४ जगदेव पुलमा साेमबार टिप्परमा  मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाकै कमला नगरपालिका २ का २२ वर्षीय दिपु यादव रहेका छन् ।

यादवलाई ढल्केबर अस्पताल पुर्‍याउना साथ डाक्टरले मृत घोषणा गरेका थिए । सिरहाबाट महोत्तरीतर्फ जाँदै गरेको लु १ क १७६८ नम्बरको टिपरमा सोही दिशातर्फ जाँदै गरेको मधेश प्रदेश-०२-००६ प ६५२७ नम्बरको मोटरसाइकल ठोकि्कएको थियो ।

दुर्घटना पश्चात फरार रहेका टिप्परका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाले जनाएको छ ।