लागूऔषधसहित ४ जना पक्राउ

0
Shares

काठमाडौँ ।

पर्सा र बर्दियाबाट लागुऔषधसहित चारजना पक्राउ परेका छन् । पर्साकाे वीरगञ्ज महानगरपालिका-१६ बसपार्कबाट अवैध लागुऔषध नाइट्राभेट २५ ट्याब्लेट, ट्रामवेल १० ट्याब्लेट, ट्रामोल २४ पिस र स्टागान १४ पिससहित दुईजनालाई प्रहरी पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा राप्ती नगरपालिका-४ बस्ने २० वर्षीय दिपेश राई र कैलाली टिकापुर नगरपालिका-५ बस्ने १८ वर्षीय किशोर रहेका छन् । शंकास्पद रुपमा हिँडिरहेको उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

बर्दिया, बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३ सय ५० मिलीग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बर्दिया बाँसगढी नगरपालिका-३ बस्ने २३ वर्षीय खिम बहादुर विक र सोही ठाउँ  बस्ने २० वर्षीय शिवा थारु रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।