लायन्स ३२५ आईमा गभर्नर चन्द्र

0
Shares

काठमाडौँ।

नेतृत्व गर्न प्रेरित गरौँ ( इन्सपाएर टु लिड ) भन्ने मूल नाराको साथ आगामी वर्ष २०२३ / ०२४ को लागि लायन्स क्लब ईन्टरनेश्नल डिस्ट्रिक ३२५ आईको लागि   गभर्नर चन्द्रकुमार  केसी सर्वसहमत निर्वाचित हुनु भएको छ ।  निर्वाचित  गभर्नर केसीले स्लोगनको भावना र मर्म लाई आत्मासाथ गर्दे सम्पूर्ण लायनहरु एकजुट भई मानवीय सेवामा  निश्वार्थ रुपमा समर्पित  रही  लक्ष्य प्राप्तिको लागी अविचलित रुपमा  लागि रहनका लागी सबैमा आग्रह गर्नु भयो ।

  समाज परिवर्तन नभई मुलुक परिवर्तन नहुने हुँदा असल नेतृत्वको अभाव महसुस भएकाले अब हरेक टोल र घरमा सक्षम र असल नेतृत्व उत्पादनमा प्रेरित गर्नका लागी  लायन्स क्लब ईन्टरनेश्नल डिष्ट््रीक ३२५ आईले यसको नेतृत्व लिने गभर्नर चन्द्र केसीले उद्घोष समेत गर्नु भएको थियो । यो अभियान सफल तुल्याउनका लागी सम्पूर्ण क्लब अध्यक्ष , लायनमा आबद्ध मनोनीत पदाधिकारी  र समाजका प्रबुद्ध व्यक्तिहरु लगायत सम्पूर्णमा अनुरोध गर्नु भएको छ ।

आगामी दिनहरुमा अझै अन्ताराष्ट्रिय सम्बन्धलाई बलियो बनाउँदै लिडरसिप सँगै फेलोसिप, स्वाथ्य , शिक्षा , खेलकुद तालीम, खानेपानी तथा सरसफाइ, रक्तदान र वृक्षारोपण लगायतका थुप्रै कार्यहरु  सुरु भई सकेकोले यो अभियानमा साथ दिनका लागि सम्पूर्णमा गभर्नर केसीले आवहान गर्नु भएको छ ।

केही दिन अघि सम्पन्न पोखरा अधिवेशन बाट लायन वर्ष २०२३/२४ का लागि डिष्ट््िरक्ट गभर्नर पदमा चन्द्रकुमार केसी लगायत प्रथम भाइस डिष्ट््िरक्ट गर्भनरमा बिनोद ढुड.गाना र द्वितीय भाइस  गभर्नरमा पार्वती खरेल पाण्डे सर्वसम्मत निर्वाचित हुनु भएको थियो ।  पोखरा र धुलिखेलमा भएको छुटाछुटै कार्यक्रममा डिष्ट््िरक्ट गभर्नर रामबहादुर बसेल ,  एलसिआईएफ एरिया लिडर राजन लम्साल , आईपिएमसिसी मनबहादुर रोक्का ,पिडिजी इन्दु लम्साल प्रथम र द्वितीय भाइस डिष्ट्््रिक्ट गभर्नर द्धय इलेक्ट बिनोद ढुड.ग्गाना र पार्वती खरेल पाण्डेले लायनवादका बारेमा आफ्नो धारणा राख्नु भएको थियो ।

उक्त कार्यक्रममा समाज सेवामा नागरिकको दायित्व ,मानवीय मूल्यमान्यता र समाजसेवाका कार्य क्षमता अभिवृद्धि लगायतका विविध क्षेत्रका बारेमा लायन्स अन्तर्राष्ट्रिय पूर्व डाइरेक्टर सञ्जय खेतान, आइडी ईन्ड््रोसी लायन्स अभियन्ता बालकृष्ण बुर्लाकोटीले डिष्ट््िरक्ट ३२५ आईमा गभर्नर केसीले  विभिन्न पदमा मनोनयन गर्नु भएका व्यक्तिहरुलाई तालीम प्रदान गर्नु भएको थियो ।

विश्वोका २१२ मुलुकमा सङ्गठन बिस्तार गरिसकेको संसारको सबै भन्दा ठूलो सामाजिक संस्था लायनवादको   सन् १९१७ मा अमेरिकाको टेक्ससबाट सुरुवात भएको थियो भने नेपालमा पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले सन् १९७१ मा आफ्नै अध्यक्षतामा लायन्स क्लब अफ विराटनगर स्थापना गरी नेपालमा लायनवाद भित्राएका थिए ।

निस्वार्थ मानवीय सेवा गर्ने उद्देश्यले स्थापना भएको विश्वको सबै भन्दा ठूलो यस सामाजिक संस्थामा हाल करिब १४ लाख बढी सदस्य रहेको छन् भने नेपालमा हाल ५० हजार भन्दा बढी लायन्स सदस्यहरु रहेका छन् ।