कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

0
Shares

काठमाडौँ।

कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको पृथ्वीनारायण नगरपालिका-१० तेलकट घर भई हाल काठमाडौं महानगरपालिका-२६ नया वसपार्क बस्‍ने ३१ वर्षीय सुदिप लामा तामाङ रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नयाँ बसपार्कबाट पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि वेदेशिक रोजगार विभाग, बुद्धनगर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

उनले वैदेशिक रोजगारीको लागि कम्बोडिया जानको लागि पीडितहरुबाट ३१ लाख रुपैयाका ठगी गरेको प्रहरीको आरोप छ ।