अमेरिका, जर्मनी र बेलायत पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने गिरोह पक्राउ

0
Shares

 काठमाडौं ।

अमेरिका तथा युरोपका विभिन्न मुलुकमा आकर्षक मुलुक पठाइदिने भन्दै १ सय १ जना नेपालीलाई ठगी गर्ने गिरोहका एक सदस्य पक्राउ परेका छन् । भक्तपुरको चांगुनारायण नगरपालिका –६ बस्ने सिताराम बास्तोलालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

बास्तोलाले सुनिला गुरुङ सहित १ सय १ जनालाई ती देशमा पठाइदिने भन्दै ठगी गरेको पनि प्रहरीले जानकारी दिएको छ । अमेरिका, जर्मनी, बेलायत तथा जापान जानकोलागि ३० लाख रुपिया लाग्ने भन्दै बास्तोला सहितको समुहले १ सय १ जनाबाट  प्रतिव्यक्ति ४ लाखका दरले ३ करोड ५६ लाख भन्दा

बढी रकम लिएर सम्पर्क विहीन भएका थिए । प्रहरीले सो गिरोहमा संलग्न रहेका अन्य व्यक्तिको खोजीलाई तीव्र बनाएको छ ।