हिम पहिरोमा परेर जुम्लाका तीन जना बेपत्ता

0
Shares

मुगु

हिम पहिरोमा परेर जुम्लाका तीन जना बेपत्ता भएका छन् । जुम्लाको पातारासि गाउपालिका-२ तल्फि गाउँका तारासिंह सार्की, पुन्न सार्की र बीरबोहोरा बेपत्ता भएको जुम्लाको पातारासि गाउँपालिकाका अध्यक्ष पुन्न सिंह बोहोराले बताए ।

अन्दाजी १२ देखि १३ जनाको टोली मध्ये ३ जना बेपत्तामा परेको बोहोराको भनाई छ । उनका अनुसार उनीहरू मुगुको मुगुम कार्मारोङ्ग गाउपालिका-२ च्यार्खु भन्ने लेकमा आज बेपत्ता भएको अध्यक्ष बोहोराले बताए ।

उनीहरू यार्सा संकलनको लागि सो क्षेत्रमा गएको जानकारी दिए । उनीहरु बेपत्ता भएको भनेरमात्र खवर आयो यसको एकिन जानकारी आउन बाँकि रहेको बताए । बेपत्ता भएता तीन जनालाई उद्धार गर्न मुगुको जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र संघीय सरकार लाई जानकारी गराएको उनको भनाई छ । सबै क्षेत्र बाट उद्धाको लागि पहल भइरहेको र भौगोलिक अवस्थाले पनि उद्धारमा समस्या देखिने बताइएको छ ।