स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

0
Shares

काठमाडौं।

स्रोत नखुलेको रकमसहित रौतहटबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

गौर नगरपालिका–२, ब्यारियलबाट स्रोत नखुलेको तीन लाख १२ हजार नेपाली रुपैयाँ र २२ हजार भारुसहित शुक्रबार राति उनीहरू नियन्त्रणमा  लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको बिहार, सीतामणिका २६ वर्षीय सुजितकुमार महतो समेत दुईजना छन् । चेकजाँच गर्ने क्रममा बीआर ३० एडी ३६८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरिएको प्रहरीको भनाइ छ ।