नेपालमा थपिए ७६ जना कोरोना सङ्क्रमित



काठमाडौं।

नेपालमा पछिल्लो २४ घण्टामा ७६ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमूना परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका सँगै संक्रमितको सङ्ख्या एक सय ३७ रहेको छ । संस्थागत आइसोलेसनमा २४ र  सघन उपचार कक्षमा १२ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्