प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको प्राण

0
Shares

हेटौंडा । विश्व प्रेस स्वतन्त्रता दिवस ‘भविष्यको अधिकार सुनिश्चितता–मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता’ भन्ने नारासाथ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर संसारभरका नागरिकले मनाएका छन् ।

यस अवसरमा वागमती प्रदेश सरकारका तर्फबाट वागमती प्रदेशका सञ्चारकर्मी तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सबै जनसमुदायमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ ।

वागमती प्रदेश सरकारका प्रवक्ता/आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले यस अवसरमा नेपालको संविधान, २०७२ को मर्म र भावना अनि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको उद्धेश्यअनुरुप प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चिताका लागि आवश्यक काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्राण हो । राणा शासन, निरंकुश पञ्चायत, राजाको प्रत्यक्ष शासन भोगेका हामीले अभिव्यक्ति स्वतन्त्रताको महत्व राम्रैस“ग बुझेका छौं,’ उहाँले सञ्चारकर्मीसँगको भेटमा भन्नुभयो–स्वतन्त्रताको उपभोग गर्दा अरुको आत्मसम्मानलाई ख्याल गर्दै स्वतन्त्रता अराजकता होइन भन्ने मान्यतामा हामी विश्वस्त छौं ।

उहाँले वागमती प्रदेश सरकार पत्रकारितालाई स्वनियमनमा लैजान प्रोत्साहित गर्न चाहने तर नियन्त्रण नभएको बताउनुभयो । नेपालको इतिहासमा पहिलो पटक वागमती प्रदेशले बनाएको प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ बमोजिम प्रदेशमा सञ्चार रजिष्ट्रार कार्यालय स्थापना भइ सञ्चारमाध्यम र पत्रकारको हित प्रवद्र्धन हुने गरी कार्यक्रम सञ्चालन भइरहेका उहाँले बताउनुभयो ।

श्रमजीवी पत्रकारको क्षमता विकास गर्न सिपविकासका कार्यक्रम सञ्चालनलाई प्राथमिकतासाथ अगाडि बढाउने प्रदेश सरकारको नीति रहेको उहाँले प्रष्ट पार्नुभयो । पत्रकारको अधिकार र सञ्चारमाध्यमको हितका पक्षमा उभि“दै पत्रकारिताको गुणस्तरीय विकासमा वागमती प्रदेशले आफ्नो तर्फबाट योगदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएका उहाँले गुणस्तरीय पत्रकारिता विकासमा आआफ्नो ठाउ“बाट योगदान गर्ने अपेक्षासहित विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आवाजविहीनको आवाज उठाइरहने प्रेरणा मिल्नेमा शुभकामना दिनुभएको छ ।

संयुक्त राष्ट्रसंघको साधारणसभाले सन् १९९३ मा घोषणा गरेपछि हरेक वर्ष मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा मनाइ“दै आएको छ ।