युवाहरूलाई कुलतबाट जोगाउन पुर्नस्थापना केन्द्र

282
Shares

काभ्रे । धुलिखेल ४ बाँसघारीमा लागु औषध तथा मद्यपान तथा पुर्नस्थापना केन्द्रको उद्घाटन गरिएको छ । धुलिखेललाई स्वस्थ शहर निर्माण गर्ने अभियान अन्र्तगत धुलिखेल क्षेत्रमा रहेका युवाहरुलाई कुलतबाट छुटाउन वा कुलतमा जान सक्ने सम्भावनालाई न्यूनिकरण गर्न पुर्नस्थापना केन्द्र शुभारम्भ गरिएको हो ।

धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले पुर्नस्थापना केन्द्रमा रहने युवाहरुलाई अन्तराष्ट्रिय मापदण्ड अनुसार मानव अधिकारको समेत संरक्षण गर्दै विश्व स्वास्थ्य संगठनको परिधी भित्र रहेर स्वास्थ्य सेवा समेत उपलब्ध गराउन सुझाव दिनु भयो । ‘ब्यक्ति शारिरिक, मानसिक र सामाजिक रुपले ठिक हुँदा मात्रै स्वस्थ हुन्छ’–नगर प्रमुख ब्याञ्जुले भन्नुभयो–‘गतिशिल जीवन बनाउन नयाँ योजनाका साथ नागरिकहरुका हरेक परिवर्तनलाई स्वस्थ बनाउन स्थानीय सरकारको प्रयत्न रहनेछ ।’ नगरपालिकाले यस्ता अभियानलाई मुर्त बनाउन सामजिक परिवेश र परिस्थितीले भोगेका समस्या समाधानका लागि कार्यविधि निर्माण गरी कार्यान्वयन गरिने बताउनु भयो । तीन महिनाको प्याकेजमा ब्यक्ति, संस्था र स्थानीय सरकारको साझेदारी रहने गरी नागरिकहरुलाई स्वस्थ बनाउन पहल गरिने नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।

स्वस्थ शहर निर्माणका लागि धुलिखेल नगरपालिको सुगर, क्यान्सर, मुटु रोग, मानसिक स्वास्थ्य र आत्महत्या न्यूनिकरणका लागि विशेष पहल गरिएको बताउनु भयो । स्वस्थ ब्यक्तिले मात्रै परिवार, समाज र समुदायका साथै राष्ट्रमा योगदान दिन सकिने बताउँदै नगर प्रमुख ब्याञ्जुले नागरिकहरुलाई सबै रोगबाट मुक्त गराउन रोग लाग्नै नदिन विभिन्न अभियान संचालन गरिएको बताउनु भयो ।

नगर उपप्रमुख निराजन जंगमले युवाहरु गलत बाटोमा जान सक्ने सम्भावनालाई रोक्न र कुलतमा फसेका युवाहरुलाई सुधार गर्न स्थापना भएको सुधार केन्द्रले सामाजिक अभियान संचालन गर्न सुझाव दिनु भयो । कार्यक्रममा वडा अध्यक्ष रोमिप्रसाद ब्याञ्जु, जिल्ला प्रशासन कार्यालयका प्रशासन अधिकृत परशुराम थापा, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना लगायतले सुधार केन्द्र यातनाका रुपमा भन्दा पनि समाजमा पुर्नस्थापना हुने गरी संचालनमा जोड दिनु भयो । निरोज खड्काले संचालन गर्नु भएको कार्यक्रममा संस्थाका अध्यक्ष विज्ञान लोहनीले दुब्र्यसनमा परेर छाडेका ब्यक्तिहरुलाई केन्द्र मार्फत सहजीकरण गरिने बताउनु भयो ।

३० जना नियमित र दिवा सेवामा ४० जना समेत युवाहरुलाई राख्न सक्ने क्षमता भएको पुर्नस्थापना केन्द्रले मासिक १५ हजार रुपैया शुल्क लिने गरेको छ । बाह्रौ पाईलाको उपचार पद्दती अनुरुप आध्यात्मिक जागरण उपचार विधिबाट शारिरिक, मानसिक र भावनात्मक तथा आध्यात्मिक रुपमा उपचार गरी पुर्नस्थापना गर्ने अध्यक्ष लोहनीले बताउनु भयो ।