अस्ट्रेलिया पठाइदिन्छु भन्‍दै ३० लाख रकम ठगी गर्ने एक जना पक्राउ

0
Shares

काठमाडौं ।

अस्ट्रेलिया पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको ‍छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका- ४ घर भई हाल काठमाडौं महानगर १ लाजिम्पाटमा बस्‍ने २७ वर्षीय सञ्‍जय रेग्मी रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई काठमाडौंको दरवारमार्गबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशि रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ । उनले पीडितसँग ३० लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।