डोल्पाका इन्स्पेक्टरले कुटेर हवल्दारकाे आँखामा गम्भीर चोट

0
Shares

काठमाडौं ।

डोल्पामा कार्यरत प्रहरी निरीक्षक नविन चापागाईंले प्रहरी हवल्दार हरि आरसीमाथि कुटपिट गरेका छन्। हवल्दार आरसी जिल्ला कारागार डोल्पामा कार्यरत छन्। यो घटना शनिबार भएको हो ।

कुटपिटबाट सल्यानको शिद्धकुमाख गाउँपालिका वडा नम्बर ३ स्थायी घर भएका ३७ वर्षीय आरसीको बायाँ आँखा, नाक र मुखमा गहिरो चोट लागेको छ।

आफूमाथि कार्यालयभित्रै बोलाएर प्रहरी निरीक्षक चापागाईंले कुटपिट गरेर बायाँ आँखा हेर्न गाह्रो भइरहेको र नाक पनि दुखिरहेको बतनाएका छन् ।

हवल्दार आरसीको जिल्ला अस्पताल डोल्पामा सामान्य उपचार गरिएको छ। थप उपचारका लागि आइतबार उनी बाँकेको नेपालगञ्ज जाने तयारीमा छन्। ‘आँखाको उपचारका लागि म नेपालगञ्ज जानुपर्ने  बताएका छन् ।