कांग्रेस नेता भण्डारी आइतबार स्वदेश फर्किँदै



काठमाडौं।

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी आइतबार स्वदेश फर्किने भएका छन् ।

भारतको मुम्बइस्थित नेशनल बर्न अस्पतालमा उपचाररत भण्डारी आइतबार उनी नेपाल वायुसेवा निगमको मुम्बई–काठमाण्डौं नियमित उडानबाट स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ ।

अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । बाँकी उपचार भण्डारीले नेपालमा नै गर्नेछन् ।

प्रतिनिधिसभा सदस्य समेत रहेका भण्डारी फागुन ३ गते स्वदेशमै प्रारम्भिक उपचारपछि डाक्टरहरूको सल्लाहमा भारत गएका थिए । ग्यास लिक भएर भण्डारी घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्