रसुवा
मिसन ग्रासरुटको समापन तथा सन्देश सभाको अवसरमा नेपाली काँग्रेसका विभिन्न जिम्मेवारीमा रहेका ६५ जना व्यक्ति लगायत जसपा रसुवाको सिङ्गो पार्टी नेकपा एमालेमा समाहित एवं पार्टी प्रवेश गरेका छन् ।
नेकपा एमाले रसुवाको मिसन ग्रासरुट कार्यक्रमको समापन कार्यक्रम धुन्चेमा केन्द्रीय उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेकाे प्रमुख आतिथ्य र केन्द्रीय स्कुल विभाग उपप्रमुख माननीय ईश्वरी रिजाल ज्यूको विशेष आतिथ्यमा भएको थियो । जसमा जसपा पार्टीको जिल्ला अध्यक्ष सहित सिङ्गो पार्टी नेकपा एमालेमा समायोजन भएका हुन् ।

यस्तै वैशाख ९ गते नेकपा स्थापना दिवस को अवसरमा काठमाडौँमा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि प्रेम तामाङसहित ७० जना पार्टी प्रवेश गरेका थिए ।
नेकपा एमाले जिल्ला कमिटी रसुवाको आयोजनामा भएको उक्त मिसन ग्रासरुट अभियान समापन सन्देश सभामा पार्टी प्रवेश गर्ने नव प्रवेशी कमरेड हरूलाई पार्टीमा स्वागत तथा सफल राजनीतिक भविष्यको कामना व्यक्त गरिएको थियो ।कार्यक्रममा नेकपा एमालेका विशिष्ट व्यक्तिहरूको उपस्थित रहेको थियो ।











प्रतिक्रिया