जनपद प्रहरी समूहतर्फ १८ वरिष्ठ उपरीक्षक बढुवा

0
Shares

काठमाडौं । नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ १८ जना प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई बढुवाका लागि सिफारिस गरिएको छ ।

हिजो (शुक्रबार) बसेको बढुवा समितिको बैठकको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।

सोही समूहतर्फको प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार सिफारिस गरिएको उक्त समितिको बैठकले निर्णय गरेको छ ।